हेटौंडाकी गर्भवती महिलामा कोरोना भाइरस संक्रमण

हेटौंडाकी गर्भवती महिलामा कोरोना भाइरस संक्रमण
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं– मकवानपुर स्थित हेटौंडाकी २५ बर्षीय गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्यायका अनुसार, हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । उपाध्यायका अनुसार ती महिला जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् ।