रौतहटमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रौतहटमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं– रौतहटमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार, रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैजना भारतबाट नेपाल आएका पुरुषहरु हुन् ।

प्रजिअ घिमिरेका अनुसार, उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै रोतहटमा मात्र कोरोना भाइरस संक्रमितको संख्या १०४ पुगेको छ ।