रौतहटमा कोरोना संक्रमितको संख्या १०४ पुग्यो

रौतहटमा कोरोना संक्रमितको संख्या १०४ पुग्यो
बुधबार, जेष्ठ १४, २०७७

रत्न अधिकरी

रौतहट- रौतहटमा कोरोना संक्रमितको संख्या थपिएर १०४ पुगेको छ। बुधाबार मात्र ३५ जना थप भएपछि रौतहटमा संक्रमित संख्या १०४ पुगेको हो।

नयाँ संक्रमितहरु बुधबार गौरमा ८, इशानाथमा १६,गडिमाईमा ७, देबही गोनहीमा दुई, कटहरिया नगरपालिकामा दुईजना छन्।

संक्रमितहरु सबै भारतबाट आएको र क्वारेन्टाइनमै रहेको बताइएको छ। जिल्लामा राज्पुर र गौर मा ४४ बेडको आइसोलेसन बेड रहेकोेले उपचारमा समस्या हुन थालेको छ।