बाग्लुङ, रूकुम लगायतका जिल्लामा आजमात्रै १ सय १४ जना संक्रमित थपिए, निको हुनेको संख्या १ सय ८३

बाग्लुङ, रूकुम लगायतका जिल्लामा आजमात्रै १ सय १४ जना संक्रमित थपिए, निको हुनेको संख्या १ सय ८३
बुधबार, जेष्ठ १४, २०७७

काठमाडाैं । नेपालमा एकैदिन एकैपटक सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्लुङ, रूकुम पूर्व लगाएतका जिल्लामा एकैदिन १ सय १४ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार सबै संक्रमितहरू क्वारेन्टाइनमा रहेका व्यक्ति छन् । १ सय १४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ८३ पुगेको छ । आजमात्रै विरगञ्जको अस्पतालबाट २१ जना र बाँकेमा ४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार रूकुमपूर्वमा पहिलोपटक कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार अहिले देशभरका विभिन्न जिल्लामा ६ सय ९९ जना संक्रमितको उपचार भइरहेको छ ।

आजसम्म ५८ हजार २ सय ७७ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।