सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु
बुधबार, जेष्ठ १४, २०७७

सिन्धुली- सिन्धुलीको कमलामाई–६, रातमाटामा बुधबार बिहान परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

घर ढलान गर्नेक्रममा चट्याङ लागी घाइते भएका कमलाइमाई नगरपालिका– ४, देउरालीका ४० वर्षीय बासु सापकोटालाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलिले जनाएको छ ।