काठमाडौंमा ३ वटा फ्लाईओभर र सुरुङ्ग मार्ग निर्माण गरिने

काठमाडौंमा ३ वटा फ्लाईओभर र सुरुङ्ग मार्ग निर्माण गरिने
बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले काठमाडौंमा सुरूङमार्ग र फ्लाइओभर निर्माण गरिने बताएका छन् ।

उनले कलंकी–कोटेश्वरमा ३ वटा फलाई ओभर बनाउने बताएका हुन् ।

मन्त्री खतिवडाले तिनकुने–कोटेश्वर–जडिबुटी खण्डमा सुरुङ मार्ग वा फ्लाई अभोर बनाउने, बानेश्वरमा अण्डरपास बनाउने र माइतीघर, थापाथली त्रिपुरेश्वरमा उपयुक्त विकल्प खोजीका लागि बजेट छुट्याएको बताए ।

उनले काठमाडौं-नौविस सुरङमार्ग निर्माण गरिने, काठमाडौं–नुवाकोट–रसुवा खण्डको सुरङ मार्ग निर्माण गरिने बताए । विभिन्न क्षेत्रको सुरूङ मार्ग निर्माण गर्न ६ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको उनले बताए ।