महिला स्वास्थ्य स्वयम सेविकाको यातायात खर्च दोब्बर

महिला स्वास्थ्य स्वयम सेविकाको यातायात खर्च दोब्बर
बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले देशभर रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई यातायात खर्च दोब्बर दिने घोषणा गरेका छन् ।

देशभरका ५२ हजार स्वास्थ्यकर्मीलाई यातायात दोब्बर बनाइएको बताएका हुन् ।

उनले स्वास्थ्य स्वयं सेविकाका परिवारलाई निशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिइएको पनि बताए ।