बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य, कृषिमा पनि बजेट बढ्यो

बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य, कृषिमा पनि बजेट बढ्यो
बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकतामा सरकारले स्वास्थ्य क्षेत्रलाई राख्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै आगामी आर्थिक वर्ष सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् स्वास्थ्य क्षेत्रमा मात्रै सरकारले आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड रुपैया पुर्‍याएको छ ।

त्यस्तै कृषि क्षेत्रमा सरकारले ४१ अर्ब विनियोजन गरेको घोषणा गरेको छ । नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका दुई क्षेत्रमा सरकारले लगानी बढाएको हो । चालू आर्थिक वर्षमा ३६ अर्ब ८० करोड विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा ७ अर्ब थप गरेको हो ।
चालू आर्थिक वर्षमा ६८ अर्ब ७८ करोड रहेको स्वास्थ्य क्षेत्रको बजेट सरकारले बढाएर ९० अर्ब पुर्‍याएको हो । बजेटले हरेक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र बनाउने, कृषि र पशुपालनका २ सय ५० वटा पकेट क्षेत्र रहने, रासायनिक मलका लागि दिइदैँ आएको अनुदानलाई बढाएर ११ अर्ब पुर्याउने, र कृषि क्षेत्रको सहुलियतमा पुनरावलोकन गरी तीन वटै तहका सरकार हरुबीच दोहोरो नपर्ने व्यवस्था मिलाइने बजेटमा समावेश गरिएको छ ।