आर्थिक बर्ष २०७७/७८ को बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

आर्थिक बर्ष २०७७/७८ को बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड
बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले विहिबार संघीय संसदको दुबै सदनमा संयुक्त रुपमा प्रस्तुत गरेको उक्त बजेटमा ९ खर्ब ४८ अर्ब ९४ करोड चालु खर्चका लागि विनियोजन गरिएको छ ।

३ खर्ब ४२ अर्ब ९१ करोड पुँजीगत बजेट र १ खर्ब ७२ अर्ब ७९ करोड वित्तीय व्यवस्था बजेट हो । चालु आर्थिक वर्षका लागि सरकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।