कोरोना भाइरस नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन

कोरोना भाइरस नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन
बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं – सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि रु ६ अर्ब बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताए ।

उनले बजेट भाषणमा कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण तथा थप विस्तार हुन नदिनका लागि उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन गुणस्तर सहितको थप क्यारेन्टाइनको स्थापना भरपर्दो उपचार सेवा प्रवाह गर्न र नागरिकमा भएको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न आवश्यक स्रोतको व्यवस्था मिलाइएको समेत बताए ।