भक्तपुरकी कोरोना सक्रमित वडा सदस्य डिस्चार्ज

भक्तपुरकी कोरोना सक्रमित वडा सदस्य डिस्चार्ज
शुक्रबार, जेष्ठ १६, २०७७

भक्तपुर- भक्तपुर नगरपालिका–९ वडाकी महिला सदस्य कोरोना भाइरस मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

शुक्रबार कोरोना पुष्टि भएकी ४२ वर्षीया वडा महिला सदस्य पाटन अस्पतालबाट बिहीबार डिस्चार्ज भएको भक्तपुर–९ वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए ।

जेठ ६ मा भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहले संकलन गरेको ‘नोजल स्वाब’ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनको कोरोना पुष्टि भएको थियो ।