देशका केही स्थानहरुमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना

देशका केही स्थानहरुमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं। मध्य तथा पश्चिम पहाडी भेगमा आज बिहानबाट भइरहेको वर्षा अझै केही घण्टा जारी रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि शुक्रबार बिहान आफ्नो ट्विटमार्फत भनेको छः हाल नेपालको सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश ५ केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा भइरहेको छ, उक्त प्रणाली पूर्वतिर सर्दै गरेको हुँदा हुँदा सतर्कता अपनाउन अनुरोध छ।’

बिहीबार पनि वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानको समस्या देखिएको थियो। पोखरालगायत पश्चिम पहाडमा मध्यरातिदेखि वर्षा सुरु भएको र त्यो प्रणाली पूर्व सर्दै काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा भने बिहान ३ बजेदेखि पानी परिरहेको हो।

पश्चिमी पहाडमा भने एकैचोटि राति मात्र वर्षा रोकिने सम्भावना रहेको छ।
अहिले पश्चिम तथा मध्य क्षेत्रको तराईमा भने पानी परेको छैन भने पूर्वी तराईमा भने बादल बनिरहेको छ।

अहिले नेपालमा पश्चिमी तथा स्थानीय वायु, पूर्वी भूभागनजिकै निम्न चापीय रेखाको प्रभाव छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत भित्रिरहेकाले नेपालमा वर्षा हुने क्रम बढेको हो।

राति पनि पूर्वी र मध्य भू भागलगायत पश्चिमी पहाडी भू भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।