मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं। काठमाण्डौको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु  भएकाे छ ।

दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु  भएकाे हो ।

मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।