कोरोना भाइरस परीक्षण गर्न यातायात मजदुरको माग

कोरोना भाइरस परीक्षण गर्न यातायात मजदुरको माग
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं – नेपाल यातायात मजदुर सङ्घले यातायात क्षेत्रका मजदुरहरुको पनि कोरोना भाइरस परीक्षणको माग गरेको छ ।

सङ्घका अध्यक्ष धर्मराज भण्डारीले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै सबै मजदुरहरुको कोरोना परीक्षणको माग गरेका हुन् ।

त्यसैगरी कोरोना भाइरस सम्भावित सङ्क्रमणबाट बच्न यातायात क्षेत्रका मजदुरलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) को व्यवस्था गर्न समेत सङ्घले सरकारसँग माग गरेको छ ।

यसका आलवा सङ्घले अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरलाई कोरोना सङ्क्रमण हुनेकित्तिकै पाउने गरी सरकारबाट दुई लाखको बीमा गर्ने व्यवस्था गर्न माग गरेको छ ।