रुपन्देहीमा करेन्ट लाग्दा एक जनाको मृत्यु

रुपन्देहीमा करेन्ट लाग्दा एक जनाको मृत्यु
शुक्रबार, जेष्ठ १६, २०७७

रुपन्देही । विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लाग्दा रूपन्देहीमा विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेको सामुदायिक सिंचाइ प्रणालीको पम्पमा विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लाग्दा विद्युत प्राधिकरणका कर्मचारी मानबहादुर थारुको मृत्यु भएको हो ।