कालीमाटी वृत्तका १ सय १६ जना प्रहरीमा देखिएन कोरोना

कालीमाटी वृत्तका १ सय १६ जना प्रहरीमा देखिएन कोरोना
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र त्यस मातहत कार्यरत १ सय १६ जना प्रहरीको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो । यस अघि महानगरीय प्रहरी बृत्त कालीमाटीमा कार्यरत एक जना प्रहरी नायव निरीक्षक र प्रहरी जवानमा कोरोना भाइरस देखिएसँगै कालिमाटीमा कार्यरतलगायत उनीहरुसँग सम्पर्कमा आएका २ सय ३१ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार २ सय ३१ मध्य १ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको भने परीक्षण रिपोर्ट आइसकेको छैन ।