कोरोना संक्रमित भेटिएपछि जोरपाटी-सुन्दरीजल सडक विस्तारको काम रोकियो

कोरोना संक्रमित भेटिएपछि जोरपाटी-सुन्दरीजल सडक विस्तारको काम रोकियो
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिमा एकजना कोरोना संक्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ। त्यसोत, लकडाउनमा पनि नाम्गेलमा ढल हाल्ने, रुख कटानको काम हुदै आईरहेको थियो।

कोरोना संक्रमित भेटिएपछि संक्रमण थप फैलिन नदिन काम बन्द गरेको नगरपालीकाले जनाएको छ । त्यस्तै संक्रमण फैलिने जोखिम नभएमा काम सुचारु गर्ने नगरपालीकाले जानकारी दिएको छ ।

जोरपाटी सुन्दरीजलको ७ किमी सडक निर्माणका लागि आशीष-सिएम जेभिसँग २०७३ सालमै २०७५ साल असोज महिनामा सक्ने गरी करिब ५४ करोडमा ठेक्का सम्झौता भएको थियो। तर, ठेक्का सम्झौता मिति सकिँदा पनि मुआब्जाको विवादले अहिलेसम्म सडक बन्‍न सकेको छैन।