सोती घटनाका बारेमा छानबिन समितिले काम थाल्यो

सोती घटनाका बारेमा छानबिन समितिले काम थाल्यो
शुक्रबार, जेष्ठ १६, २०७७

रुकुम पश्चिम । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम सुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

त्यस्तै समितिले भेरी नगरपालिका-४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

घटनामा जाजरकोट भेरी नगरपालिका-४ का नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ भने भेरी -११ का गोविन्द शाही अझै बेपत्ता छन् ।