म्याग्दीसहितका जिल्लामा आजमात्रै १ सय ७० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो

म्याग्दीसहितका जिल्लामा आजमात्रै १ सय ७० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं । नेपालमा आज एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार याे सँगै संक्रमितको संख्या १ हजार २ सय १२ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १ सय ७० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीमा पहिलो पटक एक जना संक्रमित भेटिएका छन् । कोसी अस्पतालम गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उनले बताए । भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै आज १९ जना संक्रमित‌‍‌‍हरु कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय सय ६ पुगेको छ ।