नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको हो ।

उनको गत जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का एक मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अाज मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।