पीसीआर विधिबाट ६४ हजार बढिको नमुना परीक्षण

पीसीआर विधिबाट ६४ हजार बढिको नमुना परीक्षण
शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ भने पछिल्लो २४ घण्टामा आरडिटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । शुक्रबार सम्म एक लाख नजिक क्वारेन्टाइनमा बस्नेहरुको संख्या छ । अहिले ९९ हजार ३ सय ३६ जना देशभरीका विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।