बजारमा मल तथा धानको विउ नपाउँदा किसान समस्यामा

बजारमा मल तथा धानको विउ नपाउँदा किसान समस्यामा
शुक्रबार, जेष्ठ १६, २०७७

मुरली गोडिया

बर्दिया । अहिलेको समय किसानले धानको ब्याड लगाउन समय हो । तर वर्दियामा बजारमा प्रयाप्त मात्रामा मल तथा धानको विउ नपाउँदा किसानलाई समस्या परेको छ । समयमै धानको बिउ तथा मल नपाउँदा खेती कसरी गर्ने भन्ने चिन्ता किसानहरुलाई छ ।

त्यसोत, बर्दियामा करिब ५० हजार हेक्टर जमिनमा धान खेती गरिन्छ । एग्रेभेट र सहकारीहरुमा धानको विउ र मलका लागी किसानहरु दैनिक घण्टौं लाइन लाग्ने गरेका छन ।

किसानलाई प्रयाप्त मात्रामा धानको विउ मल उपलब्ध नहुँदा चिन्तित बनाएको छ । विउ तथा मल प्रयाप्त मात्रामा उपलब्ध हुन नसक्दा खेती कसरी गर्ने भन्ने चिन्ता किसानहरुमा देखिएको छ ।

बर्दियामा करिव २ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । उत्पादित धान करिब ६० प्रतिशत बर्दियामै खपत हुने गरेको छ भने ४० प्रतिशत अन्य जिल्लामा खपत हुने गरेको छ ।

देशको अर्थतन्त्रको मुख्य आधारका कृषि हो । तर समयमा प्रयाप्त विउ तथा मल उपलब्ध नुहँदा रोगले भन्दा भोकले मर्ने अवस्था आउन सक्ने भन्दै विउ उपलव्ध गराइदिन कृषक बसन्त चौधरीको माग छ ।

वर्ष भरिका लागी बर्दिया जिल्लालाई करिब १२ हजार मेट्रिक टन मलखाद अवश्यक पर्दछ । हाल सम्म ५ हजार मेट्रिक टन मात्र मल प्राप्त हुँदा अभाव सृजना भएको छ ।

लकडाउनका कारण आवश्यक मल आयातमा समस्या भएको कृषी समाग्री कम्पनी लिमिटेड बर्दियाका शाखा प्रमुख मोहनसिंह केसीको भनाई छ । बर्दिया जिल्ला अन्नको भण्डारका रुपमा परिचित रहेको छ ।

यहाँ उत्पादन भएको खाद्यन्न बाली विभिन्न जिल्लामा निर्यात हुन्छ । बर्दियाका किसान मात्र नभई देशनै कृषी पेशामा आत्मनिर्भर भएको हुँदा अर्थतन्त्रलाई थप मजबुत बनाउन सरकारले कृषकको पिडालाई तत्काल सम्बोधन गर्न आवश्यक छ ।