विदेश बाट आउन चाहानेलाई स्वदेश ल्याउने सरकारको तयारी, खर्च आफैंले व्यहोर्नु पर्ने

विदेश बाट आउन चाहानेलाई स्वदेश ल्याउने सरकारको तयारी, खर्च आफैंले व्यहोर्नु पर्ने
शनिबार, जेष्ठ १७, २०७७

काठमाडौं । सरकारले दैनिक ३५ सयसम्म विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको छ।

शुक्रबार बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साट देखि दश दिनपछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको हो।

सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब छ।

नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ। काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्।