तीन दिनसम्म नै विभिन्न भू–भागमा मेघगर्जन सहित बर्ष हुने

तीन दिनसम्म नै विभिन्न भू–भागमा मेघगर्जन सहित बर्ष हुने
शनिबार, जेष्ठ १७, २०७७

काठमाडौं – मुलुकभर आज विहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भागमा बनेको निम्न चापीय रेखाको प्रभावले वर्षा भइरहेको हो ।

महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म नै मुलुकका पूर्वी, मध्य तथा पश्चिमी पहाडी भू(भागमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टासम्म देशका केही भू–भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।