यसरी एकाएक भाइरल भयो आलियाको पुरानो तस्वीर

यसरी एकाएक भाइरल भयो आलियाको पुरानो तस्वीर
आइतवार, जेष्ठ १८, २०७७

मुम्बई – सामाजिक सञ्जालमा बलिउड अभिनेत्री आलिया भट्टको एक पुरानो तस्वीर भाइरल भएको छ ।
उक्त तस्वीरमा उनी आफ्नी आमा सोनी राजदानसँग देखिन्छिन् । आलिया अहिलेको भन्दा मोटी पनि देखिन्छिन् ।

यो तस्वीर भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छ । कतिपयले उनले पछिल्लो समय आफूलाई फिट राखेको भन्दै तारिफ गरेका छन् भने कतिपयले पुरानो तस्वीरलाई मजाक बनाएका छन् ।

यतिबेला आलिया आफ्नी बहिनी शाहीन भट्टसँग घरमा समय बिताइरहेकी छिन् । उनी घरमा सेल्फ क्वारेन्टाइनमा छिन् ।