सुदूरपश्चिममा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

सुदूरपश्चिममा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग
आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं । पूल्चोक ईन्जीनियरिङ क्याम्पसका पूर्व विद्यार्थीहरुले नेपाल चिकित्सक संघलाई सुदुर पश्चिम प्रदेशमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको लागि एक हजार थान एन ९५ मास्क प्रदान गरेको छ ।

संघको केन्द्रीय कार्यालयमा आज भएको कार्यक्रममा पुल्चोक ईन्जिनियरिङ क्याम्पसको २०३८/०३९ सालको व्याचका विद्यार्थीहरुले संघलाई एक हजार थान केएन नाईन्टी फाईभ मास्क र ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष डा. लोचन कार्कीसहितको पदाधिकारी टिमलाइ पुल्चोक ईन्जिन्यरिंग क्याम्पस अलमुनाई एसोसीयसनका संयोजक रोशन श्रेष्ठ र सदस्य लक्ष्मीनारायण पराजुलीले संयुक्त रुपमा हस्तान्तरण गरे ।

संघका अध्यक्ष कार्कीले कोरोना भाईरसको उपचारको अग्र पंतिमा खटिनुपर्ने चिकित्सकको लागि स्वास्थ्य सामाग्री अत्यावश्यक र महत्वपूर्ण रहेको बताए ।

एसोसिएशनतले यस अघिपनि संघलाई ५०० थान एन नाईन्टी फाइभ मास्क प्रदान गरेको थियो । कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका रोशन श्रेष्ठकै पहलमा प्रदेश नम्बर एक सरकारलाई स्वास्थ्य सामाग्रिका साथै लकडाउनका कारण दैनिकी चलाउन गाह्रो भएका व्यक्तिलाई खाद्यान्न राहत वितरण गरिएको थियो ।