पछिल्लो २४ घण्टामै भारतमा ८ हजार बढि कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामै भारतमा ८ हजार बढि कोरोना संक्रमित थपिए
आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा आठ हजार तीन सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो एकैदिन संक्रमित हुनेको सङ्ख्या अहिलसम्मकै सबै भन्दा बढि हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक सय ९३ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको सङ्ख्या एक लाख ८२ हजार एक सय ४३ पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार एक सय ६४ पुगेको छ ।

भारतमा लकडाउन खुकुलो भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या बढेको छ ।