चर्चित ज्योतिषी दारुवालाको कोरोना संक्रमणले मृत्यु

चर्चित ज्योतिषी दारुवालाको कोरोना संक्रमणले मृत्यु
आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट चर्चित ज्योतिषी बेजन दारुवालाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भारतको अहमदाबादस्थित एक अस्पतालमा उपचाराका क्रममा ९० वर्षीय दारुवालाको शुक्रबार मृत्यु भएको हो ।

भविष्यवाणीका विषयलाई लिएर चर्चित रहेका दारूवाललाई बलिउडका कतिपय कलाकारहरुले सोधेर मात्र फिल्म रिलिज गर्ने गरेको बताइन्थ्यो ।

दारूवालको जन्म सन् १९३१ को जुलाई ११ मा भएको थियो ।