थप १६६ मा कोरोना संक्रमण, नेपालमा संक्रमितको १५ सय ६७ पुग्यो

थप १६६ मा कोरोना संक्रमण, नेपालमा संक्रमितको १५ सय ६७ पुग्यो
आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं । नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार ५६७ पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पछिल्लो पटक १ जना थप डिस्चार्च भएका छन् । योसँगै २२० जना पुगेका छन् । जसमध्ये ४८ महिला अन्य पुरुष रहेका छन् ।