नेपाली युवतीलाई दुर्ब्यवहार गर्ने चिनियाँलाई ७ दिन हिरासतमा राख्न अनुमती

नेपाली युवतीलाई दुर्ब्यवहार गर्ने चिनियाँलाई ७ दिन हिरासतमा राख्न अनुमती
सांकेतिक तस्वीर
आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं –  काठमाडौंको सोह्रखुट्टेमा नेपाली युवतीलाई दुर्ब्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमती दिएको छ।

शनिबार साँझ क्षेत्रपाटी चोकमा नेपाली युवतीलाई दुर्ब्यवहार गरेपछि स्थानीयवासीले कुटपिट गर्दै एक चिनियाँ नागरिकलाई प्रहरीमा बुझाएका थिए।

आइतबार अभद्र व्यवहारको मुद्दा दायर गरिएका उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमती दिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।