नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख नाघ्यो

नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख नाघ्यो
आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं। नेपालमा क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा सार्वजनिक विवरण अनुसार नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख १९ हजार १९२ पुगेको छ ।

भारतबाट नेपाली फर्किने क्रम जारी रहेकाले क्वारेन्टाइनमा बस्नेको संख्या अझै बढ्ने अनुमान गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशैभर क्वारेन्टाइन थप्ने र थप व्यवस्थित बनाउने काम भइरहेको बताए। उनका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा क्वारेन्टाइनमा ३५ हजार १४७ जना रहेका छन्।

यस्तै प्रदेश ५ मा ३५ हजार, प्रदेश २ मा १९ हजार ९८३, कर्णाली प्रदेशमा १९ हजार ५८९, गण्डकीमा ३ हजार ५५४, प्रदेश १ मा ३ हजार ५३६ र बागमती प्रदेशमा २ हजार ४२३ जना क्वारेन्टाइनमा रहेका छन्।