रासायनिक मलमा भन्सार शुल्क नलाग्ने, इण्डक्सन चुल्होमा ५ प्रतिशत

रासायनिक मलमा भन्सार शुल्क नलाग्ने, इण्डक्सन चुल्होमा ५ प्रतिशत
आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं । सरकारले कृषि प्रयोजनमा प्रयोग हुने रासायनिक मलमा भन्सार नलाग्ने स्पष्ट पारेको छ ।

भन्सार विभागका अनुसार कृषि कार्यमा प्रयोग हुने रासायनिक मलमा कुनै पनि भन्सार महसुल लाग्ने छैन ।

विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो वर्ष रासायनिक मलमा भन्सार लाग्ने व्यवस्था भए पनि कृषि प्रयोजनका लागि सरकारी संस्थानबाट आयात हुने रासायनिक मलमा कुनै पनि प्रकारको भन्सार लाग्ने छैन ।

यस्तै विद्युतीय चुल्होमा आगामी आर्थिक वर्षमा ५ प्रतिशत मात्रै भन्सार लाग्ने विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा १५ प्रतिशत भन्सार लिइदै आएकोमा लकडाउनको अवधिमा दुई महिनाका लागि इन्डक्सन चुल्होमा लाग्ने भन्सार शून्यमा झारिएको थियो ।