अहिलेसम्म १ लाख ८० हजार ६ सय ९१ जनाको कोरोना परीक्षण

अहिलेसम्म १ लाख ८० हजार ६ सय ९१ जनाको कोरोना परीक्षण
आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं । नेपालमा पीसीआर विधिमार्फत अहिलेसम्म ६९ हजार पाँच सय ८२ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिमार्फत एक लाख ११ हजार एक सय ९ जनाको परिक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जम्मा अहिलेसम्म १ लाख ८० हजार ६ सय ९१ जनाको कोरोना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिमार्फत दुई हजार आठ सय ५३ जनाको र आरडीटीविधिबाट चार हजार ५४ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।