फूलबारीमा रमाउँदै नायिका करिश्मा (१० तस्वीर)

फूलबारीमा रमाउँदै नायिका करिश्मा (१० तस्वीर)
सोमवार, जेष्ठ १९, २०७७

विश्वव्यापी कोरोना महामारीका बेला अहिले सबै फुर्सदिला छन् । घरभित्रै सीमित हुँदा समय बिताउन समेत सबैलाई मुस्किल परेको अवस्था छ ।

यो अवस्थामा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाहरु पनि सामाजिक सञ्जालमा निकै सक्रिय बनेका छन् ।

सदाबहार नायिका करिश्मा मानन्धर अहिले सामाजिक सञ्जालमा निकै सक्रिय बनेकी छिन् । उनी दैनिक नयाँ नयाँ तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै आएकी हुन्छिन् ।

कहिले घरको छतमा मोडलिङ गरेका त कहिले फुलबारीका । उनले तस्वीरसँगै कोरोना भाइरसको त्रासमा बसेकाहरुलाई सकारात्मक सन्देश समेत प्रवाह गर्दै आएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्-

तस्वीर- करिश्मा मानन्धरको फेसबुकबाट