यूएईमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या १९ पुग्यो

यूएईमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या १९ पुग्यो
सोमवार, जेष्ठ १९, २०७७

काठमाडौं । यूएईमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ ।

त्यस्तै १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएको गैह्र आवासिय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन ।

यूएईमा आइतबारसम्म २६४ जनाको मृत्यु भएको छ भने ३४ हजार ५ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ ।