स्पेनिस ला लिगा : महामारीपछिको आफ्नो पहिलो खेलमा बार्सिलोनाले मालोर्कासँग खेल्ने

स्पेनिस ला लिगा : महामारीपछिको आफ्नो पहिलो खेलमा बार्सिलोनाले मालोर्कासँग खेल्ने
फाइल तस्वीर
सोमवार, जेष्ठ १९, २०७७

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सुरू हुन लागेको स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो पहिलो खेलमा रियल मालोर्कासंग प्रतिस्पर्धा गर्ने भएको छ ।

कोरोनाका कारण अबरुद्ध सिजन पुन सुरु हुँदै गर्दा बार्सिलोनाले लिगको पहिलो खेलमा रियल मालोर्कालाई प्रतिद्वन्द्वी पाएको हो  ।

कोरोना महामारीका कारण मार्च १२ बाट स्थगित भएको ला लिगा जुन ११ बाट सुरू हुँदैछ ।

नयाँ तालिका अनुसार बार्सिलोनाले जुन १३ मा रियल मालोर्कासंग प्रतिस्पर्धा गर्नेछ । यस्तै, अबरुद्ध सिजनको पहिलो खेलमा रियल बेटिस र सेभिल्ला भिड्नेछन् ।