एकैदिन अमेरिकामा कोरोनाले ७२६ को मृत्यु

एकैदिन अमेरिकामा कोरोनाले ७२६ को मृत्यु
मङ्लबार, जेष्ठ २०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ७२६ जनाको मृत्यु भएको छ ।

सोही अवधीमा संक्रमित हुनेको संख्या अमेरिकामा २१ हजार ७६१ छ । हालसम्म अमेरिकामा १८ लाख ५८ हजार ९३१ हजारमा संक्रमण देखिसकेको छ ।

जसमध्ये १ लाख ६ हजार ९६१ को मृत्यु भइसकेको छ ।

विश्वमा हालसम्म कोरोनाका कारण ६३ लाख ३५ हजार बढी संक्रमित भएका छन् भने ३ लाख ७७ हजार बढीको ज्यान गएको छ ।