कोरोना महामारीका बिच कंगोमा देखिए इबोला संक्रमित

कोरोना महामारीका बिच कंगोमा देखिए इबोला संक्रमित
मङ्लबार, जेष्ठ २०, २०७७

काठमाडौं। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमित भेटिए संगै प्रभावित क्षेत्रका लागि डाक्टर र औषधी पठाइएको त्यहाँका स्वास्थ्य इटेनी लोंगोंडोले जनाएका छन्।

स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोका अनुसार पश्चिमी शहर म्बानडाकामा भाइरसका कारण चारजनाको मृत्यु र दुई संक्रमित भएका छन् । पाँचौं व्यक्तिको सोमबार मृत्यु भएको युनिसेफले जानकारी दिएको छ ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगोले अप्रिलमा इबोला महामारीको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेका बेला यहाँ नयाँ संक्रमित भेटिएको थियो । डिआरसी इबोलाबाहेक दादुरा र कोरोना महामारीसँग पनि जुधिरहेको छ ।