आगामी २२ देखि २४ गतेसम्म देशभरी वर्षा र हिमपात हुनसक्ने

आगामी २२ देखि २४ गतेसम्म देशभरी वर्षा र हिमपात हुनसक्ने
मङ्लबार, जेष्ठ २०, २०७७

काठमाडौं। केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिनेबित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

यसको प्रभावले नेपालमा आगामी २२ देखि २४ जेठसम्म वर्षा हुने र उच्चहिमाली क्षेत्रमा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सदै गरेको छ ।

आउँदो २४ घण्टामा सो प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान 

जेठ २० गते (मंगलबार)

दिउँसोः पहाडी भू-भागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहनेछ। पहाडी भू-भाग का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बागमति प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको प्रदेश १का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २१ गते (बुधबार)

दिउँसोः प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २२ गते (विहीबार)

दिउँसोः प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। प्रदेश ७, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का थोरै स्थान र बाकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।