पूर्वी रूकुममा दुई सातादेखि दाजुभाइ बेपत्ता

पूर्वी रूकुममा दुई सातादेखि दाजुभाइ बेपत्ता
मङ्लबार, जेष्ठ २०, २०७७

पूर्वी रूकुम । पूर्वी रूकुमको भूमे गाउँपालिका–२ काँक्रीका एकाघरका दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् ।

प्रहरीका अनुसार, बेपत्ता हुनेमा पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हुन् ।

उनिहरु यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए । दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन् ।

हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ ।