२ महिनापछि पसल खोल्दा यस्तो देखियो (फोटो फिचर)

२ महिनापछि पसल खोल्दा यस्तो देखियो (फोटो फिचर)
शुक्रबार, जेष्ठ २३, २०७७

विश्व अहिले कोरोना भाइरस कोभिड १९ को महामारीसँग जुँधिरहेको छ । धेरै देशले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न देश नै लकडाउन गरे ।

मलेसियाले पनि कोरोना भाइरसको संक्रमण फैलन नदिन देश लकडाउन गर्‍यो । व्यापार व्यवसाय बन्द भयो । सरकारको निर्देशन अनुसार व्यापारी व्यवसायीले पनि आफ्नो व्यवसाय बन्द नै गरे ।

ती व्यवसायी जब २ महिलापछि लकडाउन खुकुलो भएपछि पसलमा पुग्दा धेरै दुखी भए । यहाँ हामी एक छालाका जुत्ता तथा अन्य सामग्री राखेको पसलको कुरा गर्दै छौं । जुन पसलमा राखेका जुत्ता तथा अन्य सामग्रीमा ढुसी आउनुका साथै प्रयोग नै गर्न नमिल्ने गरी बिग्रिएका छन् ।

नेपाल अहिले लकडाउनको ७४ दिनमा छ । यो लकडाउनलाई खुकुलो बनाउने सरकारको तयारी छ । यसबीचमा नेपालमा पनि अब पसलहरु खुल्ने छन् । २ महिना १५ दिन बन्द भएका ठाउँमा रहेका सामान कस्ता होलान् ?

हेर्नुहोस् मलेसियाको एक पसलमा राखिएका सामग्रीको अवस्था