अभिनेत्री मनीषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ

अभिनेत्री मनीषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ
शुक्रबार, जेष्ठ २३, २०७७

काठमाडौं । मंगलबार मात्रै भारतबाट स्वदेश पर्किएकी अभिनेत्री मनीषा कोइरालाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । उनी भारतबाट फर्किएसँगै क्वारेन्टाइनमा बसेकी छिन्।

उनी भैरहवा बेलहिया नाका हुँदै उनी आमा बुवाका साथ निजी गाडीमा नेपाल आएकी हुन्। उनीहरू नेपाल आएलगत्तै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

अभिनेत्री कोइरालाले आफूहरू सबैले कोरोना भाइरस संक्रमण जाँच गरेको पनि सबैको रिपोर्ट नेगेटिभ आएको बताएकी छिन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्न पर्ने भएकाले उनीहरु क्वारेन्टाइनमै रहेका छन् ।