विश्वमा ३४ लाख १२ हजार बढीले जिते कोरोनाविरुद्धको लडाइँ

विश्वमा ३४ लाख १२ हजार बढीले जिते कोरोनाविरुद्धको लडाइँ
नेपालका संक्रमित कोराना मुक्त भएपछि डिस्चार्ज गरिँदै
आइतवार, जेष्ठ २५, २०७७

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ३४ लाख १२ हजार बढी मानिस निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको भए पनि मृत्युदर भने घटेको छ । अझ सुखद पक्ष कोरोनाविरुद्धको लडाइँ जित्नेको दर पनि बढ्दो छ ।

आइतबार बिहान ६ बजेसम्म कोरोना संक्रमणबाट ४ लाख २ हजार १७० जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्या ६९ लाख ७६ हजार ४५ पुगेको छ। जसमध्ये ३४ लाख १२ हजार ६७२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

कोरोनाका कारण सवैभन्दा बढी प्रभावित अमेरिका देखिएको छ भने त्यसपछि ब्राजिल दोस्रो नम्बरमा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको  जानकारी अनुसार नेपालमा हालसम्म ३ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १३ जनाको ज्यान गएको छ भने ३६५ जना सफल उपचार पछि घर फर्किएका छन् ।