छोरीहरुसँग हिमानी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

छोरीहरुसँग हिमानी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)
मङ्लबार, जेष्ठ २७, २०७७

काठमाडौं – पूर्व युवराज्ञी हिमानी शाह र उनकी छोरी पूर्णिका र कृतिका शाहको टिकटक भिडियो भाइरल भएको छ ।

लकडाउनको फुर्सदिलो समयमा टिकटकमा उनीहरु रमाएका छन् । यतिबेला उनी छोरीहरुसँगै थाइल्याण्डमा रहेकी छिन् ।

छोरी पूर्णिका शाहले आफ्नो टिकटक आईडीमा सो भिडियो सार्वजनिक गरेकी हुन् । दुई छोरीहरुसंगै हिमानीले गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’गीतमा नाचेकी छन्।

यस्तै अर्को एक भिडियोमा हिमानी टिकटकमा पछिल्लो समय भाइरल डिस्को म्युजिकमा छोरिहरुसँग नाचेकी छिन् । उक्त भिडियो हिमानीकी अर्की छोरी कृतिका शाहले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेकी छन् ।

जस्तोसुकै असहज परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् ।

पूर्णिकाले तयार पारेको टिकटक भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको हो । अर्की छोरी कृतिकाको टिकटक भिडियोलाई पारस शाहले आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् ।

शुभेच्छुकहरुले सामाजिक संजालमा हिमानीलाई छोरीहरुसँग दिदीबहिनी झैं देखिएको समेत बताएका छन्। धेरै शुभेच्छुकहरुले उनीहरुलाई फलो गरिरहेका छन् ।