अब भाइबरमा एकैपटक २० जनासम्म भिडियो कल गर्न सकिने

अब भाइबरमा एकैपटक २० जनासम्म भिडियो कल गर्न सकिने
मङ्लबार, जेष्ठ २७, २०७७

काठमाडौं – भाइबरले एकैपटकमा २० जना सम्म कल गर्न मिल्ने ग्रुप भिडियो कल नामक नयाँ सेवा सुरु गरेको छ।
ग्रुप भिडियो कलमार्फत बढीमा २० जनासम्मले एकसाथ भिडियो कल गर्न सकिन्छ।

भाइबरले जनाएअनुसार, भिडियो कलको माग बढेकाले नयाँ विशेषता थप गरिएको हो।

सामाजिक दूरीको नियम र मानिसहरुमाझ समुहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ।