‘द भाइब्ज’ ब्यान्डको ‘जन्मदिनको शुभकामना’ गीत सार्वजनिक

‘द भाइब्ज’ ब्यान्डको ‘जन्मदिनको शुभकामना’ गीत सार्वजनिक
बुधबार, जेष्ठ २८, २०७७

काठमाडौं । नेपाली ब्यान्ड ‘द भाइब्ज’ ले ‘जन्मदिनको शुभकामना’ भन्ने नयाँ गीत बजारमा आएको छ ।

ब्यान्डका गायक प्रयीन सिंहले फेसबुकको बर्थडे विश फीचरबाट प्रेरीत भएर सो गीत बनाएको जनाएका छन् ।

आफ्ना मित्रहरू गीतकार तेज बिनोद र संगितकार रोहित छेत्रीको सहयोगमा जन्मदिनको गीत रेकर्ड गरेको उनले बताए ।

संगीतकार रोहित क्षेत्रीले जन्मदिनको अवसरमा दिइने मिठा शुभकामना समेटेर यो गीतमा संगीत भरेका हुन् ।