क्वारेन्टाइन स्थलबारे विरोध गर्नेलाई कारबाहीको चेतावनी

क्वारेन्टाइन स्थलबारे विरोध गर्नेलाई कारबाहीको चेतावनी
बुधबार, जेष्ठ २८, २०७७

काठमाडौं । विदेशबाट आउने नेपालीलाई राख्नको लागि बनाउने क्वारेन्टाईन स्थलबारे विरोध नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

प्रशासनले एक विज्ञप्ति जारी गर्दै क्वारेन्टाइनस्थलमा विभिन्न बहाना बनाउँदै अवरोध भइरहेको भन्दै ध्यानाकर्षण भएको पनि जनाएको हो ।

क्वारेन्टाइन र होटल क्वारेन्टाइनमा अवरोध गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ ।