कुवेतबाट नेपाली महिला लिएर जहाज उड्यो

कुवेतबाट नेपाली महिला लिएर जहाज उड्यो
बिहिबार, जेष्ठ २९, २०७७

काठमाडौँ — कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उडेको छ ।

कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो ।

कुवेतले बिहीबार बिहान दुईवटा ‘जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाउन लागेको हो । कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो ।

दोस्रो उडानमा आउने यात्रुको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण र चेक इन गर्ने काम सुरु भएको छ ।

बिहीबार दुई वटा जहाजमा गरी ३ सय जना नेपाली महिला स्वेश फर्किने छन् ।

कोभिड– १९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिइएको थियो । कुवेतले बिना जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो ।