बलिउड स्टार सुशान्तको हत्या भएको परिवारको दावी

बलिउड स्टार सुशान्तको हत्या भएको परिवारको दावी
मङ्लबार, असार २, २०७७

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या भएको उनको परिवारले दाबी गरेको छ ।

मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आइतबार झुन्डिएको अवस्थामा भेटिएका राजपुतले आत्महत्या गरेको बताइरहँदा परिवारजनले भने हत्याको दाबी गर्दै निष्पक्ष छानविनका लागि प्रहरीलाई आग्रह गरेका हुन् ।

राजपुतले आत्महत्या गरे भन्ने विश्वास नरहेको बताउँदै मामा आरसी सिंहले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि प्रहरीलाई अनुरोध गरेका हुन् ।

प्रहरीले भने घटनाको प्रकृतिले अहिलेसम्म हत्या भएको बताउन सक्ने प्रमाण फेला नपरेको बताएको छ ।