सागर थापासहित ६ जनाले पाए म्याच फिक्सिङको मुद्दामा सफाइ

सागर थापासहित ६ जनाले पाए म्याच फिक्सिङको मुद्दामा सफाइ
मङ्लबार, असार २, २०७७

काठमाडौं । फुटबल म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालिन कप्तान कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

सर्वोच्च अदालतले आज म्याच फिक्सिङको आरोपमा मुद्धा खेपिरहेका थापा सहित ६ जना फुटबरलाई सफाई दिएको हो । सर्वोच्चका न्यायाधीसद्धय आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो ।

सर्वोच्चको फैसलासंगै सागरसहित सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सफाइ पाएका छन् ।

अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीको अनुशासन समितिले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरबाट आजीवन प्रतिबन्ध लगाईसकेको छ ।